धुलावारी ।
धुलाबारी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको तेश्रो अधिवेशन मंगलबार (आज) सम्पन्न भएको छ । पूर्व विद्यार्थीहरुको पुनर्मिलन, शुभकामना आदान–प्रदान, पूर्व विद्यार्थी सम्मान र नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विभिन्न विधामा विद्यावारिधि गर्न सफल पूर्व विद्यार्थीहरु संगीतकार टीका भण्डारी, शमशेर श्रेस्ठ, हरि कट्टेल र जीवन पौडेललाइ सम्मान गरिएको छ । विद्यालयका विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले पूर्व विद्यार्थी मदन प्रसाइले एक लाख ५१ हजार रुपैयाँको भानु–उषा स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
सो अधिवेशनले आगामी दुइ बर्षे कार्यकालको लागि हरि कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्व विद्यार्थी समाज चयन गरेको छ । समितिको उपाध्यक्षमा लीलाप्रसाद भण्डारी, माया न्यौपाने, भुपेन्द्र कडरिया, सन्तोष प्रसाइ, सन्तोष धमला, महासचिवमा सागर खनाल, सचिवमा यमनाथ (युवराज) रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल रहेका छन् । त्यस्तै सदस्यहरुमा योगेन्द्र आचार्य, विशान्त कटुवाल, नारायण खनाल, सुभाष रिजाल, किरण श्रेष्ठ चयन भएको निर्वाचन सहजिकरण समितिका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौंलागाइले जानकारी दिए ।
मेचीनगर नगरपालिकाका प्रमुख तथा विद्यालयका पूर्व विद्यार्थी गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइटेलले शुभकामना मन्तव्य राखेका थिए । पूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया 0