बिर्तामोड ।  

झापाको बिर्तामोडमा बैंक तथा बित्तिय संस्थामा तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–३ का अन्दाजी २७ बर्षिय मनकुमार तामाङ, बिर्तामोड–४ का १८ बर्षिय पवन दुलाल, बिर्तामोड–५का अन्दाजी ३४ बर्षिय बुलेट भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी १६ बर्षिय दिपेश राई रहेका छन् । 

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको यूवा संगठन नागरिक यूवा दस्ताको बिरोध कार्यक्रममा सहभागी युवाहरुले बैंक तथा बित्तिय तोडफोड गरेका छन् । 

baink todfod

महाअभियानको यूवा  संगठन नागरिक यूवा दस्ताको आयोजनामा बैंक तथा बित्तिय संस्थाले गरेको ज्यादती विरुद्ध बिहीवार (आज) बिरोध र्याली गरेका थिए । 

नागरिक यूवा दस्ताका झापा जिल्ला कार्यकारी प्रमुख भीम तुम्बाम्फेको नेतृत्वमा अन्दाजी ४०/५० जनाको समुहमा भेला भएर सिटीसेन्टर, इलाम स्टेन्ड, मुक्तिचोक हुँदै पुनः सिटिसेन्टरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

दिउँसो १२ः४० बजेको समयमा पैदल ¥याली सुरू भएको थियो । उक्त ¥याली सिटीसेन्टरबाट मुक्तिचोकतर्फ जाँदै गरेको अवस्थामा सोहि समुहका १२÷१५ जना ब्यक्तिहरुले बिर्तामोड–५ मा रहेको ज्योति बिकास बैक र एभरेष्ट बैकको सिसाहरू फुटाउदै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले ४ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रण गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।