मोरङ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बिउ बोका वितरण गरेको छ । बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले मोरङको केराबारी सेवा केन्द्रमार्फत एउटा बिउ बोका बितरण गरेको हो । वित्तीय साक्षरता विस्तारित मञ्च तथा बोका बितरण कार्यक्रमका बिच  शनिवार (आज) सेवा केन्द्रले सदस्यलाई बोका बितरण गरेको हो । 

साकोसले मोरङको केराबारी–७ स्थित सरस्वती टोलमा एक कार्यक्रमको आयोजना गरी लगनशील बाख्रा पालक कृषक समूहलाई नश्ल सुधारका लागि सिरोहिया जातको बीउ बोका बितरण गरेको अनुगमन अधिकृत महेश तामाङले जानकारी दिए । 

त्यस्तै बरपिपल जेष्ठ नागरिक चौतारी केराबारी ७ को चौतारी निर्माण सहयोगार्थ साकोसले नगद ५ हजार रुपैयाँ सहयोग प्रदान बताइएको छ । लगानशिल सहारा समुहकि अध्यक्ष जानुका खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्रप्रसाद निरौलाको प्रमुख आतिथ्य रहेको थियो ।  

सहारा नेपाल साको सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रमको औचित्य र सहाराको बर्तमान बित्तिय अवस्था तथा जेष्ठ नागरिक बारे सहाराको योजना र हालसम्म गरेको कार्य बारेमा अनुगमन अधिकृत महेश तामाङले प्रस्ट पारेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडाध्यक्ष खगेन्द्रप्रसाद निरौला सहारा राम्रो सहकारी भएकोले हल्लाकोपछि नलागि बैक तथा सहकारिको ऋण तिर्दा राम्रो हुने बताए । उनले ब्याजलगायत अन्य बिषयमा आफ्ना जायज माग समेत आग्रह गरेका छन् । 

स्वागत बेलबारी सेवा केन्द्र प्रमुख सरिता गिरी गरेले गरेको कार्यक्रममा सरस्वती एकता टोल बिकास समिति टेकबहादुर थापा, लगनशील बाख्रा पालक कृषक समूह अध्यक्ष डुगेन्द्रप्रसाद न्यौपाने, सहारा नेपाल साकोस पशु प्राबिधिक संजित यादब, कर्मचारी नन्दनी सिंहलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन केराबारी सेवा केन्द्र निमित्त प्रमुख लालबहादुर जोगीले गरेका थिए । कार्यक्रममा ५५ जनाको उपस्थिति रहेको थियो ।