झापा । 

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका दिपेशकुमार पुन धरौटीमा छुटेका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार (आज) पुनः रिहा भएका हुन् । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए ।

पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हु्न । उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमासमेत जोडिएका छन् ।