झापा । 

झापा जिल्लामा बिभिन्न मिति र स्थानमा सहकारी संस्थामा चोरी गर्ने छ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतवार (आज) पक्राउ गरिएका उनीहरुलाई चोरीमा प्रयोग भएका बिभिन्न सामाग्रीसहित पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीहरुले झापाका बिभिन्न स्थानका १३ वटा सहकारीमा चोरी गरेका थिए । 

पक्राउ पर्नेमा  मकवानपुर जिल्ला इन्द्रसरोबर गाउँपालिका वडा नं.५ फाखेलका ३० बर्षिय सोमलाल स्याङ्तान, सोही स्थानका २१ बर्षिय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ बर्षिय सुनिल स्याङ्तान, २५ बर्षिय बुद्ध स्याङ्तान, २६ बर्षिय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका वडा नं.८ फाखेलका २८ बर्षिय अजय राना मगर छन् । 

उनीहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको समन्वय एव जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट दशीका सामानसहित पक्राउ गरिएको थियो । उनीहरुलाई सहकारी चोरीका १३ वटा घटनाहरुमा संलग्न रहेको साथै ३० लाख १६ हजार ६८७ रुपैयाँ बिगो रहेको छ । 

उनीहरुलाई आज जिल्ला अदालत झापाबाट चोरी कसुरमा ५ दिन म्याद थप भई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।