चारपाने । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पती १६ अर्व २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैयाँ पुगेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार नेपालकै नम्बर वान सहकारी झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसको चैत मसान्तसम्मको बित्तिय कारोवार अनुसार कुल सम्पत्ती त्यति पुगेको हो । 

संस्थाको शेयरपुँजी १ अर्व ६८ करोड १२ लाख ३३ हजार ५००, जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४३०,  कूल बचत १२ अर्व ३० करोड ४५ लाख ५७ हजार ५, लगानीमा रहेको ऋण १० अर्व ९० करोड ८० लाख २१ हजार ६७१, कूल संस्थागत पूँजी १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६, विभिन्न कोषहरुको जम्मा रकम १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६,  तरलता रकम ४ अर्व १ करोड ४५ लाख ९५ हजार ६२३ रुपैयाँ रहेको चैत महिनाको बित्तिय बिबरणमा उल्लेख छ । 

संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित बित्तिय बिवरण अनुसार संस्थागत पुँजिको प्रतिशत ७.८६ प्रतिशत र तरलता प्रतिशत ३२.६३ प्रतिशत रहेको छ । 

१ लाख ७० हजार २९० कुल सदस्य संख्या रहेको संस्थाको चैत मसान्तसम्मको कूल ऋणी सदस्य ६९ हजार ६७३ जना रहेको जारी बित्तिय बितरणमा उल्लेख छ ।