झापा । 

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले एकलाख ५ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । 

सहारा नेपाल साकोस बाहुनी सेवा केन्द्र मार्फत मंगलबार शिवगुरु सहारा नेपाल महिला समुहकी सदस्य चाटीसरी राजवंशी मृत्यु भएपछि उनका श्रीमान पचुकलाल राजवंशीलाई उक्त रकमबापत चेक प्रदान गरिएको हो । 

बेलबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धनपति गौतमले उक्त चेक मृतका श्रीमान  राजबंशीलाई हस्तान्तरण गरेको सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए । 

समुह अध्यक्ष मिलनकुमारी ताजपुरियाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत सेवा केन्द्र प्रमुख उमेश भारतीले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाशसहित संस्थाको बित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण तथा ६७ औं राष्ट्रिय सहकारी दिवसको महत्वको बारेमा सलकपुर अनुगमन प्रमुख महेश तामाङले प्रष्ट पारेका थिए । 

कार्यक्रममा सेवा केन्द्र कर्मचारी बिपेन्द्र यादव, रबिनाकुमारी चौधरी, बिनिता चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी पेशलकुमारी शर्मा बरालले गरेकी थिइन् ।