बिर्तामोड । 

झापाको बिर्तामोडबाट ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ईखरीपाटी डटकम सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए ।

यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । ‘अनलाइन सञ्चार माध्यममा भिड बढाउन मात्र हैन सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी गर्न हामी आएका हौँ,’ अध्यक्ष कार्कीले भने, ‘हामी सधैँ सत्यको पक्षमा रहनेछौँ । निष्पक्ष पत्रकारिता गर्ने छौँ ।’ 

ईखरीपाटीको सम्पादकमा शम्भु दाहाल रहेका छन् ।