बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र बहुमुखी महाबिद्यालयका बी–टेक एआईका बिद्यार्थीहरुको आयोजनामा शुक्रवार ‘साहित्यिक फेष्ट २०८३’ कार्यक्रम भएको छ । साहित्यिक फेष्ट कार्यक्रमका माध्यमबाट बिद्यार्थीहरुको साहित्यिक प्रतिभा, सिर्जनात्मक क्षमता तथा अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । 

गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डाक्टर रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले साहित्यका बिषयमा उपस्थित अतिथि तथा बिद्यार्थीहरुलाई जानकारी दिएका थिए । उनले साहित्यकार समक्ष हुनु पर्ने गुण, क्षमता, सिर्जनाका बिषयमा जानकारी दिदै मुक्तक तथा कवितासमेत सुनाएका थिए । 

कार्यक्रममा बिशेष अतिथि साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष देवीभक्त श्रेष्ठले एउटा साहित्कारसँग हुनु पर्ने गुण, साहित्यको प्रभाव र एआईका बिषयमा जानकारी गराउँदै गीत गाएर मनोरन्जनसमेत प्रदान गरेका थिए । 

स्वागत महाबिद्यालयका बिबिए को–अर्डिनेटर शेखर पाण्डेले गरेको कार्यक्रमको सञ्चालन बी–टेक एआई बिभागकी बिद्यार्थी सदिक्षा ओझाले गरेकी थिइन् भने साहित्यिक कार्यक्रमको सञ्चालन बिद्यार्थीहरु अन्वेशक पुरी र लीविता बस्नेतले संयुक्त रुपमा गरेका थिए । 

साहित्यिक फेष्ट कार्यक्रम अन्तरगत बिद्यार्थीहरुले कथा, कविता, मुक्तक, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा भाइस प्रिन्सिपल सरस्वती भुर्तेल खनाल (सरु), बिसिए, बी–टेक एआई र एमबीएका को– अर्डिनेटर बिमल राजवंशी, रिसर्च हेड निलम संग्रौला, शिक्षक विकास कोइरालालगायत बिद्यार्थीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।