बिर्तामोड ।
करिव आठ महिनादेखि बिद्युत मिटर नआउँदा सेवाग्राहीहरु बिजुली बाल्नबाट बन्चित भएका छन् । बिद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र अन्तरगतका शनिश्चरे र सुरुङ्गामा रहेका कार्यालयमा मात्र हाल बिजुलीका लागि मिटर लिनेको निवेदनको चाङ रहेको छ ।
गत कार्तिक महिनादेखि बिद्युत मिटर नआएको बिद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रशासन प्रमुख श्यामप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार बिर्तामोड कार्यालयमा करिव ३ हजार, शनिश्चरे कार्यालयमा ५०० वढी र सुरुङ्गामा करिव ३०० वढी बिजुली मिटरका लागि निवेदन परेका छन् ।
केही दिन अघि मात्र १०० वटा नयाँ बिद्युत मिटर आएको बताउँदै रिजालले इमरजेन्सी परेका सेवाग्राहीका लागि पुराना र आएको नयाँ मिटरहरु पनि गरेर दिदै आएको बताएका छन् । उनले केही दिन अघि १०० वटा मिटर आएको र अव क्रमागत रुपमा आउन सक्ने बताए ।
यता शनिश्चरे कार्यालयका प्राविधिक कमल रायले धेरै समयदेखि बिद्युत मिटर नआउँदा दैनिक रुपमा सयौं मिटर सोध्ने सेवाग्राहीको फोन आउने गरेको बताए ।


















