हल्दिबारी । 

मितव्ययिता आर्थिक अनुशासनको अनिवार्य सर्त हो । सुशासनका लागि मितव्ययी हुनु अनिवार्य छ । यसको ठिक विपरीत झापाको हल्दिबारी गाउँपालिकामा भने गत बर्षको तुलनामा चालु खर्चमा अध्याधिक वृद्धि भएको पाइएको छ । 

पालिकाले दिएको विवरण अनुसार आ. ब. २०७८/०७९ मा ईन्धन खर्च २२ लाख माथि, सवारीसाधन मर्मत खर्च करिब १४ लाख, सञ्चार खर्च ७ लाख, भ्रमण खर्च करिब ९ लाख र विविध खर्चमा १६ लाख रुपैयाँ खर्च जनाएको छ । 

हल्दिबारीको सबै चालू खर्च  विविरण पारिश्रमिक कर्मचारी १ करोड ४३ लाख ८९ हजार २ सय नौ रूपैयाँ १० पैसा, पोशाक ४ लाख ३३ हजार   २ सय८७,  मंहगी भत्ता ६ लाख ६४ हजार, कर्मचारीको बैंठक भत्ता ३ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कार १ लाख ८५ हजार र अन्य भत्ता ५० हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी पदाधिकारीको बैंठक भत्ता १८ लाख, पदाधिकारी पारिश्रमिक ४६ लाख ४० हजार ३१ रूपैयाँ, कर्मचारी कल्याण कोष १० लाख, पानी तथा बिजुली खर्च ३ लाख

सञ्चार खर्च ७ लाख, इन्धन (पदाधिकारीलाई ) खर्च ५ लाख, इन्धन (कार्यालय प्रयोजन) खर्च १७ लाख ५८ हजार ५० रूपैयाँ,  सवारी साधन मर्मत खर्च १३ लाख ९९ हजार ६० रूपैयाँ, बिमा तथा नवीकरण खर्च १ लाख ८१ हजार ९ सय ६१ रूपैयाँ, मेशिनरी तथा औजार मर्मत सम्भार खर्च ७ लाख, निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च ५० हजार, मसलन्द तथा कार्यालय सामाग्री खर्च ६ लाख ४९ हजार ९ सय ४५ रूपैयाँ, पुस्तक तथा सामग्री खर्च ८० हजार ९ सय ६१ रूपैयाँ, पत्रत्रिका छपाई तथ सूचना प्रकाशन खर्च १० लाख, सेवा तथा परामर्श खर्च ५ लाख रुपैयाँ रहेको छ । 

 सूचना प्रणाली तथा सफ्टवेयर संञ्चालन खर्च १० लाख, करार सेवा शुल्क ३ करोड ७ लाख ३६ हजार ७ सय ४९ रूपैयाँ ६६ पैसा, सरसफाई सेवा शुल्क २ लाख ८९ हजार ७ सय ८४ रूपैयाँ, कर्मचारी तालिम खर्च १ लाख ९९ हजार ८ सय ४५ रूपैयाँ, कार्यक्रम खर्च ९ लाख ९५ हजार ५ सय ३३ रूपैयाँ, विविध कार्यक्रम खर्च १ लाख, अनुगमन मूल्यांकन खर्च ९८ हजार ३ सय ६८ रूपैयाँ, भ्रमण खर्च ८ लाख, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ५९ हजार ५ सय, अन्य भ्रमण खर्च ४६ हजार ३ सय ५० रूपैयाँ विविध खर्च १६ लाख, सभा सञ्चालन खर्च २ लाख ४९ हजार ४ सय २५ रूपैयाँ, घरभाडा खर्च १२ लाख ८३ हजार ६ सय १९ रूपैयाँ, सवारी साधन तथा मेशिनर औजार भाडा खर्च ९ लाख ९९ हजार ७ सय १० रूपैयाँ भएको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार कर्मचारीको तलवभक्ता बृद्धिका कारण चालु खर्च वढि देखिएको हो । अन्य पालिका भन्दा हल्दिवारीको खर्च कमै भएको बताउँदै श्रेष्ठले चालु खर्चले कार्यालय सञ्चालन गर्न पनि मुस्किल हुने अवस्था रहेको बताए । उनले वडाको प्रशासनिक खर्च पनि पालिका मार्फत हुने गरेको बताए । 

letter head_64