चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका–९ स्थित देवकोटा स्मारक संरक्षण समितिको अध्यक्षमा पुनः राजु बराल निर्वाचित भएका छन् । देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा शनिवार सम्पन्न देवकोटा स्मारक संरक्षण समितिको आठौ साधरण सभा तथा अधिबेशनले बराललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
नव गठित समिति उपाध्यक्ष ज्ञानेन्द्र कटुवाल, सचिव डिल्लीरमण नेपाल, सह–सचिव उत्तम श्रेष्ठ र कोषाध्यक्ष यशोदा न्यौपाने रहेका छन् भने सदस्यमा गोपाल शिवाकोटी, कौशिल्या आचार्य, सीता दाहाल, भानु पोखरेल र झल्कादेवी पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । कार्य समितिको बैठकले एक जना सदस्य मनोनीत गर्ने जनाइएको छ ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सस्थाका अध्यक्ष राजु बरालले सस्थाको नीति, कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की, वडा सदस्य मन्जु खडका, प्राज्ञ हरि पौडेल, अग्रज समाजसेवी दुर्गाप्रसाद भट्टराई, शिवकुमार राजभण्डारी र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष अनुज खतिवडाले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा समाजसेवी शिव कुमार राजभण्डारीले सस्थाको अक्षय कोषका लागि पाँच हजार रुपैयाँ प्रदान गरेका थिए ।
आठौ साधरण सभा तथा अधिबेशनको बन्द्र सत्रको निर्वाचन मण्डलमा संयोजक दामोदर घिमिरे, सदस्यमा भगिरथ नेपाल र मुरारी पोखरेल रहेका थिए भने निर्मला पौडेलको संयोजकत्वमा गोपालप्रसाद श्रेष्ठ र कमला थापा रहेको माइन्युट लेखन समिति गठन गरेको थियो । सस्थाका अध्यक्ष राजु बरालको अध्यक्षता, सचिव युवराज ढकालको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले गरेका थिए ।
प्रतिक्रिया 0