बिर्तामोड । 

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा चौथो संस्करणको किताव मेला आयोजना गरिने भएको छ । प्रत्येक बर्ष आयोजना गरिदै आएको किताब मेला अन्तरगत यस बर्ष चौथो संस्करण किताव मेला आयोजना गर्न लागिएको हो ।  

पछिल्लो समय पुस्तक पढ्नेको संख्या घट्दै गएको भन्दै त्यसलाई प्रोत्साहन गर्न यस बर्ष पनि किताव मेला आयोजना गरिएको बुधवार बिर्तामोेडमा पत्रकार सम्मेलनकोे आयोजना गरी जानकारी दिइएकोे हो । 

इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोड झापाको संयुक्त आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म बिर्तामोडमा ‘किताब मेला २०८३’ आयोजना गरिएको किताव मेलाका संयोजक केशवप्रसाद मैनालीले जानकारी दिए । 

किताव मेलामा लेखक सम्वाद, कविता तथा गजल बाचन, लक्की ड्र कार्यक्रमसहित मेलामा बिभिन्न बिधाका पुस्तकहरु र उमेह समुह अनुसारका पुस्तकहरु १० देखि ३० प्रतिशत छुटमा उपलब्ध हुने संयोजक मैनालीले बताए । किताव मेलामा ५ हजार वढी बिभिन्न बिधाका पुस्तकहरु पाइने बताइएको छ ।  मेलाको सहयोगी संस्थाका रुपमा बिर्तामोड रिडर्स क्लव र सुरुवाती कोठा नेपाल रहेका छन् । 

पत्रकार सम्मेलनमा साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोल, पत्रकार गोपाल काफ्ले, कृष्ण मिश्र, दुर्गाप्रसाद सिग्देल, धमेन्द्र भट्टराई (मामा) लगायतले किताव मेलाका बिषयमा सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार भरत प्रसाईले गरेका थिए ।