काँकरभिट्टा ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८३ अन्तर्गत चौथो दिन शनिबार काँकरभिट्टास्थित नेपाल–भारत सीमा नाका मेची पुलमा सचेतनामूलक कार्यक्रम तथा सूचनारपर्चा वितरण गरिएको छ ।
“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धतास् पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ नव अभियान नेपाल, काँकरभिट्टा शाखा र सीमा सुरक्षा गुल्म, सशस्त्र प्रहरी बल ९द्यक्ष्त्०, काँकरभिट्टा, झापाको संयुक्त सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सीमा सुरक्षा गुल्म, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक डोगेन्द्र भट्टराईले कार्यक्रमको उद्देश्य तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायको भूमिका बारे जानकारी गराएका थिए ।
त्यस्तै, नव अभियान नेपालका बोर्डर इन्चार्ज डिल्लीराम थापा मगरले लैङ्गिक हिंसा के हो, हिंसा कसरी रोक्न सकिन्छ, हिंसा भएमा कहाँ सम्पर्क गर्ने तथा तत्काल सहयोग कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा सहभागी तथा सर्वसाधारणलाई जानकारी दिएका थिए ।
कार्यक्रममा नव अभियान नेपालका क्षेत्रीय इन्चार्ज इन्द्रबहादुर बस्नेत, सशस्त्र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर घिमिरे, सीमा सुरक्षा गुल्म,सशस्त्र प्रहरी बल बोर्डर इन्टरएक्सन टिमका कर्मचारीहरु, नव अभियान नेपालका बोर्डर कर्मचारीहरु लगायत करिब तीन दर्जन महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
मेची पुलस्थित सीमा नाकाबाट नेपाल तथा भारततर्फ आवतजावत गर्ने सिटी रिक्सा तथा पैदल यात्रु, महिला–दिदीबहिनी तथा दाजुभाइहरूलाई लक्षित गरी लैङ्गिक हिंसासम्बन्धी सूचना, पाम्प्लेट, ब्रोसरलगायतका सचेतनामूलक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममार्फत महिला तथा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा जोखिमबाट बच्न सचेत रहन, हिंसा भएमा मौन नबस्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न सहभागी तथा सर्वसाधारणलाई आग्रह गरिएको थियो ।
प्रतिक्रिया 0