झापा ।
हाल नेपालमा कुनैपनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रको केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया 0