झापा ।
हाल नेपालमा कुनैपनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसमको अवस्था अन्तरगत देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ र तराई भूभागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।
आजराति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 0