बिर्तामोड ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको दुस्ख, सुखमा साथ दिदै स्थानीय चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस झापाद्वारा आयोजित प्रशिक्षक अभिमुखिकरण तथा निर्वाचित पधाधिकारीलाई प्रमाण(पत्र बितरण कार्यक्रमलाई आज झापाको बिर्तामोडमा सम्बोधन गर्दै नेता सिटौलाले प्रशिक्षित कार्यकर्ताले पार्टीको पक्षमा जनमत बढाउने अभियाना लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसको आधिकारिकता १४ महाधिवेशबाट निर्वाचित सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्षले नै पाउने दावी गर्दै नेपाल सरकारका पूर्व गृह तथा उपप्रधानमन्त्रीसमेत रहेका नेता सिटौलाले सम्मानित सर्वोच्च अदालतले पीडितलाई न्याय दिनेगरी फैसला गर्ने बिश्वास व्यक्त गरे । अलमलमा परेका, झुठो प्रचारको भ्रममा परेर बाटो बिराएका आफ्नो टिमका पुराना कार्यकर्तालाई पुनस् आफ्नो मुलघर फर्किएर संगठन बिस्तारमा लाग्न सिटौलाले आव्हान पनि गरे ।
युवा, विद्यार्थी, आदिवासी, जनजाती, महिला र अल्पसंख्यकलाई पार्टीको मूलधारमा ल्याएर सबै जाति(भाषी, पेशा बर्गको साझा पार्टी बनाएर अघि बढन जिल्ला नेतृत्वको ध्यानाकर्षण पनि नेता सिटौलाले गराए।
सो अवसरमा निर्वाचन अधिकृत नारायण पोखरेलर नेता सिटौलाले निर्वाचित जिल्ला पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधि, महासमिति सदस्री र तहगत इकाई समितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र बितरण गरेका थिउ ।
यसैबीच नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस बिर्तामोड नगर समितिको कार्यालय पनि बिर्ताबजारमा रिबन काटेर उदघाटन गरे । सो कार्यक्रमकाबीच, बिभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गर्ने ४३ जनालाई माला खादा र अबिर टीका लगाएर सिटौलाले पार्टी प्रवेश गराएका थिए ।
नेपाली कांग्रेस झापा जिल्ला सभापति कृष्णप्रसाद हुमनगाँईको सभापतित्वमा भएको सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोमा भट्टराई र महिन्द्राकुमारी सुब्बा, प्रदेश सांसद रामकुमार खत्री लगायतका वक्ताहरुले चुनावको मुखमा पार्टीको बैधानिक निर्णय प्रक्रिया बिपरित विशेष अधिवेशनको नाममा पार्टीमा बिभाजन रेखा कोर्नेहरुले देश, जनता र पार्टीको भलो गर्न नसक्ने बताए।
जिल्ला उपसभापति राजकुमार न्यौपानेले स्वागत गरेको सो कार्यक्रमको संचालन सचिव संजय निरौलाले गरेका थिए भने सहजीकरण अर्का सचिव बिष्णु खरेलले गरेका थिए ।
प्रतिक्रिया 0