बिर्तामोड ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी मंसिर १४ गते हुन गईरहेको निर्वाचनमा स्वतन्त्र समावेशी समुहले प्रतिबद्धता सार्वजनिक गरेकोे छ । चुनाव प्रचार प्रसार समितिले उम्मेद्वाहरुको उपस्थितिमा बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतिववद्धता सार्वजनिक गरेको हो । देवेन्द्र सिटौला नेतृत्वको स्वतन्त्र समावेशी समुहले १७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेकोे हो ।
‘स्वच्छ तथा गुणस्तरीय पानीको उपलब्धता, सर्वसुलभ पहुँच, नियमित आपूर्ति हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ प्रतिवद्धता जारी गरेको छ । देवेन्द्र नेतृत्वमा खडा गरिएको प्यालनबाट उपाध्यक्षमा नन्दबहादुर तामाङ (सुवास), सचिवमा प्रदिप खरेल र कोषध्यक्षमा केशव श्रेष्ठले उम्मेद्वारी दिएका छन् । त्यस्तै सदस्यहरुमा पुनम अधिकारी (लिम्बू), निर्मला खरेल (ओडारी), गंगादेवी कन्दङवा, गजेन्द्र ओली र रामचन्द्र प्रसाईले उम्मेद्वारी दिएर चुनावी प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।
निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमममा कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्की, हिमालयप्रसाद कन्दङ्वा, कमलप्रसाद कडरिया, ओमकृष्ण विमलीलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टीका निर्वाचन परिचालन समितिका बिभिन्न जिम्मेवारी तथा पार्टीका बिभिन्न तहतप्कामा रहेको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रचारप्र्सार समितिका संयोजक बद्रीप्रसाद भट्टराईले गरेका थिए ।
यस्ता छन् स्वतन्त्र समावेशी समुहको प्रतिबद्धता :
१. खानेपानीको न्यूनतम युनिट १० बाट २० युनिट पुर्याउने ।
२. अनलाइनबाट सेवाहरु सुचारु गर्ने ।
३. हालको चर्को मिटर जडान खर्च घटाइ रु.५०००।– मात्र लिने ।
४. हाल भएको अलोकतान्त्रिक बिधान सम्सोधन गर्ने ।
५. अपाङ्गता भएका, गरिब, पिछडा वर्गलाई सहुलियत दरमा मिटर उपलब्ध गराउने ।
६. घरको माथिल्लो तलासम्म खानेपानी पुग्ने व्यवस्था मिलाउने ।
७. गुणस्तरीय खानेपानी नियमित आपूर्ति गर्ने ।
८. २ वर्षभित्र सबै ठाँउमा खानेपानी विस्तार गरिसक्ने ।
९. पानीको मुहान, खोलानाला तथा शहरलाई सधैं सफा राख्ने ।
१०. अन्धुवा, धरधरे, रेखा लगायतका खोलाहरुमा रहेको जरुवा पानीलाई जलाशयको रुपमा विकास गर्ने ।
११. मुक्ति चोकमा भएको ँष्चभ ज्थचमचबलत अन्य घना बस्ती भएका क्षेत्रहरुमा विस्तार गर्ने ।
१२. आर्थिक अनियमितता नगर्ने ।
१३. ट्याङ्की नं. २ को फिल्टर परिवर्तन गर्ने ।
१४. जोखिम व्यवस्थापन तथा आकस्मिक सेवा प्रदान गर्ने ।
१५. साना तथा टुटफुट भएका पाइपलाइनहरु परिवर्तन गर्ने ।
१६. खानेपानीलाई मिनरल वाटर बनाई जार तथा बोतलमा उपलब्ध गराउने ।
१७. सुकुमबासी बस्ती तथा मिटर खरिद गर्न नमिल्ने ठाउँहरुमा सार्वजनिक धाराहरु जडान गर्ने ।
प्रतिक्रिया 0