बिर्तामोड । 

पारसमणि मैनाली नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले १० बुुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । मैनाली नेतृत्व प्यानलले ‘स्वच्छ पानी, प्रभावकारी सेवा र पारदर्शी व्यवस्थापन’ नारासहितको प्रतिबद्धता सार्वजनिक गरेर चुनावी प्रचारप्रसारलाई तीव्रि बनाएको छ । 

यहि मंसीर १४ गते हुने निर्वाचनमा अध्यधिक बहुमतका साथ निर्वाचित गराइदिन अध्यक्ष पदका उम्मेद्वार मैनालीले सम्पूर्ण उपभोक्ताहरुमा आग्रहसमेत गरेका छन् । 

मैनाली नेतृत्वमा रहेको लोकतान्त्रिक राष्ट्रवादी प्यानलमा उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा, कोषाध्यक्षमा आनन्द गुरुङले उम्मेद्वारी दिएका छन् । 

त्यसैगरी सदस्यहरुमा विरणकुमार कोइराला, विकाश रिजाल र महिला सदस्यहरुमा कमला अग्रवाल, किरण सुब्वा र सोना श्रेष्ठले उम्मेद्वारी दिएर चुुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।

संस्थाको दिगो विकास, उपभोक्ताको हित संरक्षण र खानेपानी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी कार्यकालका लागि मैनालीको प्यानलले उम्मेद्वारी दिएको प्रतिबद्धतामा उल्लेख छ । 

  • लोकतान्त्रिक राष्ट्रवादी प्यानलका यस्ता छन् प्रतिवद्धता 

१. चौबिसै घण्टा स्वच्छ खानेपानी

उपभोक्ताको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राख्दै चौबिसै घण्टा नियमित रूपमा लच्छ तथा सुरक्षित पिउनेपानी उपलव्ध गराउन आवश्यक व्यक्त्वा मिलाइनेछ ।

पानीको उत्पादन, मण्डारण र वितरण प्रणालीलाई बप व्यवस्थित बनाइनेछ ।

पानीको आपूर्ति नियमित, सहज र भरपर्दो बनाउन आवश्यक पूर्वाधार विस्तार गरिनेछ ।

२. पानीको गुणस्तर र नियमित परीक्षण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ने निर्धारण गरेका मापदण्डअनुरूपको गुणस्तरीय खानेपानी वितरणलाई प्राथमिकता विग्रनेछ ।

पानीको नियमित गुणस्तर परीक्षणलाई अनिवार्य प्रक्रियाका रूपमा अघि बढाइनेछ ।

पानीको स्रोतदेखि उत्पादन केन्द्र हुदै उपभोक्ताको भान्हासम्म पुग्ने पानीको गुणस्तर परीक्षण गरिनेछ ।

परीक्षणबाट प्राप्त प्रतिवेदनका बाधारमा देखिएका समस्या पहिचान गरी आवश्यक सुधारका काम गरिनेछ ।

३. खानेपानी पूर्वाधारको विस्तार

वप स्थानमा मिडिया फिल्टरसहितका डिप बोरिङ स्थापना गरी स्वच्छ खानेपानीको पहुँच विस्तार गरिनेछ ।

उपभोक्ताको संख्या र पानीको मागअनुसार उत्पादन तथा वितरण क्षमता वृद्धि गरिनेछ ।

विद्यमान नोभरहेड ट्याङ्गी, डिप बोरिङ र मिडिया फिल्टर प्लान्टको नियमित मर्मतसम्भार तथा स्तरोन्नति गरिनेछ ।

पानी वितरणमा देखिने प्राविधिक समस्या समाधान गर्न प्रभावकारी संयन्त्र निर्माण गरिनेछ।

४. अरिग नियन्त्रणका लागि फायर हाइड्रेन्ट स्थापना

विर्तामोड नगरपालिका क्षेवभित्र पर्ने एसियन हाइवेका नौवटा उपयुक्त स्थानमा अग्नि नियन्त्रणका लागि फायर हाइडेन्ट जडान गरिनेछ ।

भद्रपुर रोडस्थित विद्युत् कार्यालय अगाडि बप एक स्थानमा फायर हाइडेन्ट स्थापना गरिनेछ ।

सस्थाका प्रत्येक बोरिङ रहेको स्थानमा एक–एकवटा फायर हाइडेन्ट राख्ने व्यवस्था मिलाइनेछ । 

बागलागी ठया विपद्का समयमा दमकल र सुरक्षाकर्मीलाई पानीको सहज उपलब्धता सुनिश्चित गर्ने सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

५. दीर्घकालीन गुरुयोजना निर्माण र कार्यान्वयन

संस्थाको सेवा क्षेषलाई समेट्ने गरी खानेपानीको दीर्घकालीन, बृहत् गुरुयोजना तयार गरिनेछ ।

जनसंख्या वृद्धि, सहरीकरण र भविष्यको पानीको मागलाई मध्यनजर गर्दै उत्पादन तथा वितरण प्रणालीको विकास गरिनेछ ।

खानेपानीका स्रोतको संरक्षण, दिगो उपयोग र व्यवस्थापनलाई प्राथमिकता दिइनेछ ।

गुरुयोजनामा समेटिएका कार्यक्रमलाई प्राथमिकताका आधारमा भरणबद्ध रुपमा कार्यान्वयन गरिनेछ ।

६. संस्थागत सुशासन र पारदर्शिता

सस्थाको प्रशासनिक तथा आर्थिक व्यवस्थापनलाई पारदर्शी, जबाफदेही र उत्तरदायी बनाइनेछ ।

संस्थाका गतिविधि, आम्दानी, खर्च र योजनाबारे उपभोक्तालाई नियमित रूपमा जानकारी गराइनेछ ।

नार्षिक अनुशासन, आन्तरिक नियन्त्रण र संस्थागत सुशासनलाई प्रभावकारी बनाइनेछ ।

उपभोक्ताका गुनासा तथा सुझावलाई सम्बोधन गर्न प्रभावकारी गुनासो सुनुवाइ प्रणाली विकास गरिनेछ ।

७. डिजिटल प्रणाली र उपभोक्तामैत्री सेवा

संस्थाका सेवा तथा प्रशासनिक कामलाई क्रमशः डिजिटल प्रनिधिमा आधारित बनाइनेछ ।

खानेपानीको महसुल भुक्तानी, बिलिङ तथा अभिलेख व्यपत्यापनलाई थप सहज र व्यवस्थित बनाइनेछ ।

उपभोक्ताले कार्यालयमा धाउनुपर्ने अबस्यालाई न्यूनीकरण गर्दै प्रविधिमार्फत सेवा प्राप्त गर्ने व्यवस्था विस्तार गरिनेछ ।

संथा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाइनेछ ।

८. दक्ष जनशक्ति र प्रविधिमैत्री व्यवस्थापन

सस्थाको कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक दक्ष तथा प्राविधिक जनशक्तिको व्यवस्थापन गरिनेछ ।

कार्यरत कर्मचारीको क्षमता विकास तथा प्राविधिक दक्षता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ ।

माधुनिक प्रविधिको प्रयोगमार्फत पानी उत्पादन, प्रशोधन, भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित बनाइनेछ ।

९. उपभोक्ताको सुखदुःखमा संस्थाको साथ

संस्थामा आबद्ध उपभोक्ताको परिवारका कुनै सदस्यको निधन भएमा सोही महिनाको खानेपानी महसुन पूर्ण रूपमा मिनाहा गरिनेछ ।

उपभोक्ताको हित, सुबिधा र सामाजिक उत्तरदायित्वलाई संस्थाको कार्यसम्पादनको अभिन्न अङ्ग बनाइनेछ ।

उपभोक्तासँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिइनेछ।

१०. उपलब्धिको संरक्षण र संस्थाको थप स्तरोन्नति

संस्थाने हासिल गरेका उपलब्धि र राष्ट्रियस्तरमा स्थापित पहिचानलाई कायम राम्रो उचाइमा पुयाउन पहल सरिनेछ।

खानेपानी सेवाको गुणस्तर, संस्थागत क्षमता र पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ

। उपभोक्ताको विश्वासलाई संस्थाको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा लिंदै जिम्मेवार व्यवस्थापनको अभ्यास गरिनेछ ।