बिर्तामोड ।
बिर्तामोड साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्ष बीच प्रतिस्पर्धा हुने भएको छ । आगामी मंसीर १४ गते हुने निर्वाचनमा पारसमणि मैनाली नेतृत्वको प्यानल र देवेन्द्र सिटौला नेतृत्व प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतिस्पर्धाका लागि सोमबार दुवै पक्षले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । राष्ट्रवादी प्रजातान्त्रिक प्यानल खडा गरी पारसमणि नेतृत्वको प्यानलमा उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा, कोषाध्यक्षमा आनन्द गुरुङले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा विरणकुमार कोइराला, विकाश रिजाल र महिला सदस्यहरुमा कमला अग्रवाल, किरण सुब्वा र सोना श्रेष्ठले उम्मेद्वारी दिएका छन् । मैनाली यसअघि दुई कार्यकाल सदस्य रहेका थिए भने निर्वतमान सचिवको भूमिका कुशलता पूर्वक पुरा गरिसकेका छन् ।
यता स्वतन्त्र समावेशी प्यानल खडा गरी देवेन्द्र नेतृत्वको प्यालनबाट उपाध्यक्षमा नन्दबहादुर तामाङ (सुवास), सचिवमा प्रदिप खरेल र कोषध्यक्षमा केशव श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । त्यस्तै सदस्यहरुमा पुनम अधिकारी (लिम्बू), निर्मला खरेल (ओडारी), गंगादेवी कन्दङवा, गजेन्द्र ओली र रामचन्द्र प्रसाईले मनोनयन दर्ता गरेका छन् ।
प्रतिक्रिया 0