बिर्तामोड।
झापाको बिर्तामोड–५ मा रहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी मंसीर १४ गते हुने निर्वाचनको तालिका सार्वजनिक भएसँगै दुईवटा समुुहले प्रतिष्पर्धा गर्ने भएका छन् ।
यस पटक पनि नेपाली कांग्रेससँग अन्य दलहरु चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन् । हाल समितिका सचिव पारस मैनालीले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् भने उपाध्यक्ष हालका उपाध्यक्ष शैलेन्द्र सिटौलाले नै उम्मेद्वारी दिने भएका छन् । दुई कार्यकाल सदस्य रहेका मैनाली अघिल्लो निर्वाचनबाट सचिवमा निर्वाचित भएका थिए ।
एक कार्यकाल मात्र नेतृत्व गर्ने सहमति अनुसार मेघराज बास्तोलाले कार्यकाल नदोहोर्याउने भएका छन् । सो प्यानलमा कांग्रेसको संस्थापन पक्षलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गर्ने भएको छ । प्यानलका अन्य उम्मेदवारहरुको तय भइसकेका छैनन् ।
यता प्रतिष्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अध्यक्षमा देवीभक्त श्रेष्ठले उम्मेद्वारी दिने भएका छन् । बिर्तामोड खानेपानीको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि निर्वाचन हुने भएको हो । निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर ७ गते उम्मेदवारी दर्ता रहेको छ भने मतदान मंसिर १४ गते तोकिएको छ ।
प्रतिक्रिया 0