झापा । 

 हाल देशमा कुनैपनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको जनाइएको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

 सोमबार दिउँसो तथा राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। 

देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।