बिर्तामोड।
पाथिभरा छठ पूजा समिति बिर्तामोड झापाले महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा नगरपालिका–६ स्थित अन्धुवा खोलामा छठ पूजाको भव्य तयारी गरेको छ। बिगत १५ बर्षदेखि बिर्तामोड –१ स्थित पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा हुँदै गरेको छठ पूजा गत बर्षदेखि महानन्द चौक उत्तर पुल्चोक पूर्व अन्धुवा खोलामा गरिन थालिएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले जानकारी दिए ।
छठ पूजा गर्न बिरिङलगायत अन्य ठाउँ जान नसक्नेहरूका लागि भनेर आफूहरूले बिगत १५ बर्षदेखि बिर्तामोड –१ स्थित पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा छठ पूजा गर्न शुरू गरेको र हाल भक्तजनहरूको भीड बढेकाले बिर्तामोड –१ स्थित पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा बिर्तामोड नगरपालिकाले तटबन्ध निर्माण गर्न वाल निर्माण गर्दा भक्तजनलाई असहज भएपछि गत बर्षदेखि महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा–६ स्थित अन्धुवा खोलामा छठ पूजा गरिन थालिएको उनले बताए ।
पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ताले महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा ५० वटा घाट निर्माण गरिने र त्यहाँ एक सय भन्दा बढी परिवारले विधीपूर्वक छठ पूजा गर्ने बताए । यस बर्ष आइतबार साँझ भजन गायक रोशन अधिकारी, छठ भजन गायिका सपना सिंह राजवंशीसहित स्थानीय भजन कीर्तनमण्डलीको सहभागितामा भजन सन्ध्या गरिने उनले बताए।
अन्धुवा खोलाको पानी स्वच्छ भएकाले भक्तजनहरूलाई ढुक्क भएर छठ पूजा गर्न सबैलाई आग्रह गरे। संस्थाका युवा सल्लाहकार जीवन शाहले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले चार दिन श्रद्धापूर्वक छठ मनाइने गरेको बताए। छठ पूजाको विधी र प्रकृया बारे जानकारी गराउँदै उनले पछिल्लो समय छठ पर्व सबैको साझा पर्व बनेको बताए।
छठ पूजा सम्पन्न गर्न बिनोद साहको अध्यक्षतामा पाथिभरा छठ पूजा समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष शम्भू शाह, महासचिव सुरेश गुप्ता, सचिव भोला मोहोली, कोषाध्यक्ष सन्तोष रजक रहेका छन् । त्यस्तै सदस्यहरुमा अशोक साह, चन्द्रावति साहु तेली, पुष्पा गुप्ता, अपूर्व दास, रामकुमारी देवी राय, खड्गकुमारी शर्मा ठाकुर , रीना शाह रहेका छन् । सल्लाहकारहरुमा बालकृष्ण दाहाल, रघुनन्दन बि।क।, दल्लु राया, सिँहेश्वर चौधरी, नरेश ठाकुर ,सञ्जय गुप्ता , सञ्जीत मोहोली, बव्लु साह, सुमन साह रहेका छन् भने युवा सल्लाहकारमा जीवन साह रहेका छन्।
पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद शाह, सचिव सुरेश गुप्तासहित पदाधिकारीहरूले महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा गरिने छठ पूजामा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 0