भद्रपुर । 

बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावले नेपालमा पनि अर गर्ने भएका आवश्यक सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले सवैमा आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार, बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवातको प्रभावले कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने देखिएको छ। 

ती प्रदेशहरूका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात र हिमपहिरोको उच्च जोखिम समेत रहेको छ। यस्तो बेला बाढी, पहिरो, डुबान तथा यातायात अवरोधको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनान सर्वसाधारण सबैमा अनुरोध गरिएको छ । 

जिल्लामा हुनसक्ने सम्भावित ‌ धनजनको क्षति ‌ न्यूनीकरण गर्न ‌ झापा जिल्ला रेडक्रसका प्रतिनिधिसहित ‌बसेको ‌ सुरक्षा निकायको बैठकबाट ‌ सात बुँदे निर्णयहरु गरिएको छ ।  ‌

यस्ता छन् निर्णयहरुः

१) धानबाली नकाट्ने वा काटिसकेको भएमा सुरक्षित स्थानमा राख्ने ।

२) सडक तथा हवार्इ याताया लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले   सतर्कता अपनाउने। अत्यावश्यक नभई लामोदुरीको यात्रा नगर्ने । भारी वर्षा भएको समयमा जोखिम स्थानमा सवारी साधन नचलाउने ।

३) जोखिमग्रस्त घरपरिवारहरुलाई सुरक्षित स्थानमा सार्नको लागि स्थानीय निकायले सहयोग गर्ने।

४) आधिकारीक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान÷पूर्व सुचनालाई मात्रै आधिकारीक  मान्ने ।

५) नदी तथा खोला किनारा र डुवान हुने क्षेत्रमा विशेष सावधानी अपनाउने। जोखिमको संकेत देखिएमा खोला किनारामा माछा मार्ने, दाउरा संकलन गर्ने   जस्ता कार्य नगर्ने ।

६) जिल्ला स्थित विपद् संग सम्वन्धित स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायहरु सैबलाई  पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने।

७) अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्नुहुन, पहिरोको जोखिममा रहेका स्थानहरू तथा डुबान हुने बस्तीका बासिन्दाहरूले सुरक्षित र अग्लो स्थानबारे पूर्वजानकारी लिई आवश्यक पर्नासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुनुहुन। 

विपद् सम्बन्धी आपतकालीन हटलाइन नम्बरहरूः

सर्वसाधारणले आकस्मिक अवस्थामा जानकारी लिन वा मद्दत माग्नका लागि निम्न नम्बरहरू मोबाइलमा सुरक्षित राखी आवश्यक पर्नासाथ फोन गर्नुहुन अनुरोध छ ।

वर्षा र बाढी सम्बन्धी जानकारीका लागिस् ११५५

जिल्ला प्रशासन कार्यालय झापा ९८५२६१७७७७, सूचना अधिकारी ९८५२६७८९९९

अरिदमन गण चारआली व्यारेक, झापा डिउटी अधिकृत ९८६२६९४७४८

जिल्ला प्रहरी कार्यालय, झापारसूचना अधिकारी १००

सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेक्वा झापा १११४वा ९८५१२७२१२५

जिल्ला आपत्कलीन कार्यसंचालन केन्द्र १२३४ वा ९८५२६५४१२३

साथै जल तथा मौसम विज्ञान विभाग र यस प्राधिकरणबाट समय–समयमा जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी सम्बन्धी जानकारी नियमित रूपमा लिनसमेत अनुरोध गरिएको छ ।