झापा । 

झापाको बिर्तामोड नगरपालिका–१० कुवापानीमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । बिर्तामोड–१० स्थित कुवापानीका ५५ बर्षीय नगेन्द्रप्रसाद ओलीको घरमा राखेको धानको बोह्रा चोरी गर्दै गरेको आज (बुधवार) बिहान अन्दाजी ५ बजेको समयमा नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका– २  का ४० बर्षीय सोमलाल मुर्मु छन् । उनले चोरी गर्दै गरेको अवस्थामा स्थानियले देखेर प्रहरी चौकी बिर्ताबजारमा जानकारी गराउना साथ टोली गएर उनलाई नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरी चौकी बिर्ताबजार मार्फत इलाका प्रहरी कार्यालय अनारमनी ल्याउने कार्य भईरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।