झापा । 

भारतीय चर्चीत एक्सन अभिनेता टाइगर श्राफ माथि गोली प्रहारको प्रयास भएको छ । आइतबार मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएपनि उनी सकुशल छन्। घटनामा उनी सुरक्षित रहेपनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । लोरेन्स ग्याङ्गले आक्रमणकोे जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अभिनेता श्राममार्थिको आक्रमणले बलिउडमा अन्डरवर्ल्डको त्रास फैलिएको छ । 

यस घटनाले ९० र २००० को दशकको सुरुवाती चरणमा बलिउड हस्तीहरूलाई लक्षित गरी भएका गोली प्रहार र धम्कीको शृङ्खलाको स्मरण गराएको छ। यस घटनाले बलिउड हस्तीहरूलाई लक्षित गरी भएका गोली प्रहार र धम्कीको शृङ्खलाको याद ताजा गराएको छ।  विशेषगरी सन् १९९० र २००० को दशकको सुरुवातिर सङ्गठित आपराधिक समूहहरूले चलचित्रमा लगानी, कलाकार छनोट र वितरण अधिकारमा प्रभाव जमाउन यस्ता गतिविधि गरिने गरिएको थियोे । 

मुम्बईको अन्डरवर्ल्ड र हिन्दी चलचित्र उद्योगबिचको सम्बन्ध सन् १९६० को दशकदेखि नै रहेको पाइन्छ। त्यसबेला हाजी मस्तान जस्ता डनहरू चलचित्रकर्मीहरूसँग घुलमिल हुने र वैकल्पिक लगानीकर्ताको रूपमा काम गर्ने गर्थे।  सन् १९८० को दशकको अन्त्य र १९९० को दशकसम्म आइपुग्दा यो सम्बन्ध झनै जबर्जस्तीपूर्ण बन्न पुग्यो। आपराधिक समूहहरूले चलचित्र निर्माणमा लगानी गर्ने, विदेशको अधिकार माग्ने र कलाकार छनोटमा हस्तक्षेप गर्ने प्रयास गर्न थालेका थिए। एजेन्सीको सहयोगमा