झापा ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बादल लाग्नेछ ।
बुधबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना छ । राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 0