झापा ।
लागूऔषधसहित एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । झापा गाउँपालिका–४ चौधरी टोलबाट बुधवार साँझ ६ः३० बजेको समयमा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध ब्युरो नियन्त्रण काकँडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका–८ का अन्दाजी ३७ बर्षीय चन्द्रबहादुर तामाङ र भारतको जिल्ला किशनगञ्ज दिघलबैंक थाना बिहार कुतुवाभिट्टाका अन्दाजी १९ बर्षीया अब्दुल रहमानलाई शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरुको साथबाट कालो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाईलो खैरो पदार्थ प्लाष्टिक बाहेक २५ ग्राम १९ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई नियन्त्रणमा थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















