झापा । 

झापाबाट १२ जना जुवाडे पक्राउ परेका छन् । जुवाजन्य तास खेलमा प्रयोग भएको नगदसहित १२ जना पक्राउ परेका हुन्। झापा कमल गाउँपालिका–५ स्थित ४५ बर्षीया गिता भट्टराईको घरमा तास खेलिरहेको भन्ने गोप्य सुचना पाएसँगै सोमवार दिनको ४ः३० बजेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा रितपुर्वक खानतलासी गर्दा हारजित हुने गरी जुवाजन्य तास खेलिरहेका तथा घरधनी सहित उक्त खेलमा प्रयोग भएको नगद एक लाख अठार हजार २०० रुपैयाँ, ५  तास र ९ थान मोवाईलसहित नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेमा कमल गाउँपालिका–५  का ३१ बर्षीय अशोक पौडेल, सोही स्थानका ४० बर्षीय, अमर धिताल, ४८ बर्षीय देबेन्द्र कुईकेल, गिता भट्टराईको छोरा सबिन भट्टराई, ४५ बर्षीय सहदेव धिमाल, ४१ बर्षीय बाबुराम राई छन् । 

यसैगरी सोही स्थानका १८ बर्षीय राज राजवंशी, ३५ बषीृय दिपक धिमाल, ४७ बर्षीय अर्जुन थापा, ५३ बर्षीय दुर्गाप्रसाद अधिकारी, ३७ बर्षीय तिलकबहादुर कार्की र ४५ बर्षीय गिता भट्टराई (घर धनी) रहेका छन् । पक्राउ परेका उनीहरुको बिषयमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।