झापा । 

इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेर फरार रहेका थुनुवा पक्राउ परेका छन् । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार थुनुवा गएराति ९ः३० बजे पक्राउ परेका हुन् । 

लागूऔषध मुद्दाका थुनुवा झापा दमक नगरपालिका–५  का २० बर्षीय  प्रविण लिम्बु पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतवार राति ९ः३० बजेको समयमा दमक–४ आस्था टोलमा फेला पारी  नियन्त्रणमा लिएको हो । 

नियन्त्रण गरिएका फरार थुनुवा लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।