झापा ।

 झापाको दमक नगरपालिका–३ बेलडाँगी शिविर सेक्टर सी २ मा सामान्य विवादका क्रममा छोराले दाउ प्रहार गर्दा बाबु घाइते भएका छन्।

गएराति करिब १० बजे ५७ वर्षीय धनबहादुर बराइलीमाथि उनका २३ वर्षीय छोरा सामुन विश्वकर्माले मादक पदार्थ सेवन गरी दाउ प्रहार गरेका थिए । दाउ प्रहारबाट बराइलीको दाहिने आँखामाथि चोट लागेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बालकुमार नेवारको कमाण्डमा टोली खटिएर घाइतेलाई उपचारका लागि दमकतर्फ पठाइएको छ ।

सोही क्रममा झगडा छुट्याउन गएका सेक्युरिटी गार्ड देउ नारायण न्यौपानेलाई पनि पनि कुटपिट भएको छ । उनको ओठमाथि चोट लागेर घाइते भएका छन्। दाउ प्रहार गर्ने विश्वकर्मालाई दाउसहित नियन्त्रणमा लिएर इप्रका दमकमा राखिएको प्रहरीले जनाएको छ ।