- वासु दुलाल
राजनैतिक पार्टीहरूको नेतृत्व पुस्ताले गर्ने हो कि विचार, कार्यक्रम, योजना, इमान्दारिता र सक्रियताले गर्ने हो ? अहिले गम्भीर प्रश्नहरु छन् । कतिपयले पुस्ता हस्तान्तरणको एकहोरो रटान लगाइरहेका छन् भने कतिले पार्टी वा दलहरुको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ भनि रहनु भएको छ ।
मलाई चाहिँ के लाग्छ भने नेपालको राजनैतिक पार्टी र तिनको नेतृत्व विगत लामो समयदेखि एकै व्यक्तिले गरिरहनु भएको अवस्था थियो सबै जसो राजनैतिक पार्टीहरूमा । नेतृत्वमा बसिरहन, टिकिरहन गुट बन्दी गर्ने गलत मान्छे वा झोले ( कार्यकर्ता) वरिपरि राखेर जयजयकार गर्न लगाउने, गुण्डा कार्यकर्ताको संरक्षणमा बस्ने र सरकारमा रहदा भ्रष्टाचार गर्ने भ्रष्टाचारीको संरक्षक बन्ने, सम्पति मोहले ग्रसित रहने परिवार वादमा डुबुल्की मार्ने शक्तिको र सत्ताको उन्माद हदसम्म थियो । असलहरु वैचारिकहरु जनतासँग असल सम्बन्ध भएका हरेक कार्यकर्ताहरू पार्टीको जिम्मेवारीसम्म पुग्दैनन् थिए । तस्कर माफिया र विदेशी दलालहरूको गोटी थिए हाम्रा नेताहरु ।
यो पुस्ताले मात्र होइन हाम्रो पुस्ताले पनि बारम्बार आग्रह र अनुरोध गरेको को हो ? तर हाम्रा आवाजहरु पटक्कै सुनिएन वा दबाइ छाडियो । यो परिस्थितिमा नयाँ युवा (Zen-z) पुस्ताले नेपालमा इतिहासिक विद्रोह गर्यो । यसले नेपालको राजनीतिमा तानाशाही अहम दम्बि र भ्रष्ट्राचारी राजनैतिक पार्टीका शासकको अवसान नै गरेको छ ।
पक्कै पनि आन्दोलनको सीमा हुँदैन रैछ । आन्दोलनलाई ओली सरकारले हिंस्रक बनायो । केहि घुसपैठ पनि अवस्य भयो तर शासकको मथिंगल हल्लियो ।
नेताहरु आफ्नो कुरुप अनुहार जनताको अगाडि देखाउन नसक्ने गरी लुक्न पर्ने अवस्थामा छन् । यो एतिहासिक विद्रोहको जती प्रशंसा गरेपनि कम हुन्छ, नव युवाको साहस आँट र देश निर्माण गर्ने संकल्प प्रति सलाम ।
तर के अव हामी दल विहिन्ता को कल्पना गर्दै छौ ?के अव हाम्रो देश मोनारकीजम तिर जाने हो ?राजनैतिक पार्टीहरू लोप भए भने कस्तो शासन हुन्छ ?कस्तो शासन प्रणाली को कल्पना गर्दै छौ हामी ?के पार्टी नरहने स्थिमा लोकतन्त्र रहन्छ ?जनताले निर्वाचित नगरेको शासक कस्तो हुन्छ ?कस्तो बहस गर्दै छौ हामी ?
यी र यस्ता तमाम प्रश्नहरु अहिले छन् । त्यसैले अहिले हामीले समाजमा देशमा असल मान्छेहरु सरल मान्छेहरु बौद्धिक मान्छेहरूले राजनैतिक दलको नेतृत्व गर्नु पर्छ भन्ने बहस चलाउनु पर्छ । नेतृत्व उमेरले वा पुस्ताको भन्ने अथवा २५/२७ को मान्छेले मात्र गर्ने अनि मात्र ठिक हुन्छ, भन्ने बहस किमार्थ पनि होइन ।
भ्रष्ट्राचारमा दाग नलागेको जनताले पत्याएको देश विकासको मोडेल प्रस्तुत गर्न सक्ने सामान्य जीवन शैली र जनशैली भएको सबै जाती भाषा वर्ग लिङ्ग र धर्मलाई सम्मान गर्ने सबै पुस्ताका नागरिकहरुलाई सरकारमा राजनैतिक पार्टीमा र कर्मचारी तन्त्रमा सामेल गर्न सक्ने लोकतन्त्र गणतन्त्रप्रति प्रतिबद्ध एउटा सर्वप्रिय मान्छेको खोजी गर्न दलहरुले हतार गर्नुपर्छ । स्टन्टको राजनीति गर्न नलागेको जाती हुन्छ दलहरुलाई ।
नेतृत्व पुस्ताले वा उमेरले होइन देश प्रेम, देशभक्तिसहित जनताप्रति समर्पित सरल जीवन शैली भ्रष्ट्राचार विरोधी कठोर कदम चाल्न सक्ने सहासी र निडर विचार सिद्धान्तप्रति प्रतिबद्ध मान्छे जुनसुकै उमेर समूहको किन नहोस् त्यस्तो व्यक्तिले पार्टी र देशको नेतृत्व गरोस भन्ने जनचाहना हो । उमेर समुहको नै मान्छे चाहिन्छ भन्ने होइन ।
तर, २०४६ सालपछि मन्त्री सांसद बनेका उच्च पदस्त सरकारी नियुक्ति लिएकाहरु सबैको सम्पत्ति सुद्धिकरण हुनपर्छ, छानविन हुनपर्छ, त्यो आयोग स्वतन्त्र नागरिकहरूको नेतृत्वमा बन्नुपर्छ । आयोगले दोषी देखिएका बाहेक जसले पनि पार्टीको नेतृत्व गर्न सक्छ । बरु भ्रष्ट्राचारले गमाएका कुरुप अनुहारहरु जो सुकै होस् अहिले बाहिर नआए उत्तम हुन्छ भन्ने विद्रोहको अभिमत हो ।
भ्रस्टचार
कुशासन
दलाल तन्त्र
तानाशाही तन्त्र
मुर्दाबाद ।।।
न्याय समानता सहितको समाजबाद जिन्दाबाद ।।
नेपाली विशेषताको समाजबाद जिन्दाबाद ।।।


















