झापा ।
झापाको दमक नगरपालिका–६ स्थित दमक नगरपालिकाको कार्यालय आगाडी प्रतिबन्धित लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले शंकास्पद अवस्थामा हिडिरहेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का २५ बर्षीय सुजन नेम्वाङ पक्राउ गरेको हो ।
आज (सोमवार) बिहान १० बजेको समयमा उनलाई फेला पारी सोधबुझ गरी खानतलासी गर्दा नेम्वाङले लगाएको पाइन्टको बाँया साइडको गोजिमा प्लाष्टिकमा पोका पोका पारी लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध (खैरो हिरोईन) प्लाष्टिक बाहेक ४ ग्राम ५१० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध बरामद गरी उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।


















