विर्तामोड। 

नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतको आधारमा पार्टीले उम्मेद्वार चयन गर्ने बताएका छन् । नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा आज आयोजित नेपाली कांग्रेस जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ÷नगरका पदाधिकारीहरुको संयुक्त भेलालाई सम्बोधन गर्र्दै सहमहामन्त्री संग्रौलाले यस्तो धारणा राखेका हुन् । 

पार्टीको महाधिवेशन पूर्व निर्धारित समयमै गर्नका लागि जरा अभियान  अन्तरगत क्रियाशिल सदस्यको अध्यावधिक कार्य जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अभियान पूर्ण सफल पार्न सवै तहगत संगठनलाई सक्रिय भएर लाग्न आह्वान गरे ।

‘जरा अभियान पार्टीको नवीन यात्रा हो’–नेतृ संग्रौलाले भन्नुभयो–‘जेठ २० गते एकैदिनमा ६२ हजार बढीले क्रियाशिल नवीकरण गर्नुले पार्टी नयाँ विश्वासको जगबाट अघि बढेको स्पष्ट हुन्छ ।’ पार्टीले ल्याएका नीति तथा कार्यक्रमबारे कार्यकर्तालाइ जानकारी दिदै सुझाव संकलन एवं क्रियाशिल सदस्यको रेकर्ड ब्यवस्थित गर्न डिजिटल प्रविधि अपनाइएको उनको भनाई थियो ।

युवा पिढीलाई पार्टीप्रति आकर्षित गर्न अनलाईन सदस्यता खुलाइएको जानकारी दिदै उहाँले प्राप्त आवेदनका बारेमा टुङ्गो लगाउने अधिकार वडा र क्षेत्रलाई रहेको तथा विवाद आएमा मात्रै केन्द्रले छानविन गरेर सदस्यता प्रदान गर्ने स्पष्ट पारे । पार्टीभित्र १८–३३ बर्षका युवाहरुलाई सदस्यता  वितरण गर्न पनि उनले आग्रह गरे ।

नेपाली कांग्रेस जरा अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले प्राबिधिक रुपमा कृयाशिल सदस्यता रेकर्ड र पार्टीको नीति तथा कार्यक्रम, समसामयिक बिषयका बिचार प्रचार–प्रसारलाइ ब्यवस्थित गर्न जरा अभियान शुरु गरिएको बताउँदै अभियानलाइ छिटोछरितो सम्पन्न गर्न आग्रह गरे  ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जरा अभियान अन्तरगत क्रियाशिल सदस्यता अध्यावधिक गर्ने कार्य झापाका १३१ वटै वडामा जारी रहेको बताउँदै केही वडामा प्राविधिक रुपमा दक्ष जनशक्ति नहुँदा केही समस्या देखिएको धारणा रोका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य दिपक तामाङ, क्षेत्र नं–१ का सभापति इन्द्र बुढाथोकी, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाह, क्षेत्र नं–२ प्रदेशसभा क का सभापति लक्ष्मी आचार्य, ख का सभापति किरण श्रेष्ठ, क्षेत्र नं–५ प्रदेशसभा ख का सभापति रवि केसी,  जरा अभियानका लागि झापाका प्रविधिविज्ञ सजेश शिवाकोटी, ३ नम्बर क्षेत्रीय सचिव भुपाल बस्नेत, गाउँ÷नगर सभापतिहरु हेमराज खरेल (अर्जुनधारा) तुलाराम अधिकारी ९कचनकबल०, चक्र शेर्मा ९बुद्धशान्ति०, प्रेम भट्टराई ९दमक०, खगेन भण्डारी ९कमल०, अशोक बस्नेत ९शिवसतासी०, सागिरथ गणेश (झापा), दुर्गाप्रसाद प्रसाई (कनकाई), बुद्धशान्तिका उपसभापति मदन प्रसाई लगायतले आ–आफ्नो गाउँ÷नगरमा भएको क्रियाशिल सदस्यता अध्यावधिक कार्यको विवरण प्रस्तुत गर्दै उत्साहपूर्ण रुपमा कार्य भइरहेको जानकारी दिए।

क्रियाशिल सदस्यता अध्यावधिक कार्यमा सर्भरमा समस्या देखिने गरेको, सरुवाको रेकर्ड नदेखिएको, सवै वडा सभापतिहरु प्रविधिमा दक्ष नहुँदा केही समस्या देखिएपनि अध्यावधिक कार्य जारी रहेको धारणा राखेका थिए ।

नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय सुधिरकुमार शिवाकोटी र सुरेश सुब्बा, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, जिल्ला सदस्य टंक विश्वकर्मा, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहजीकरण जिल्ला सचिव कृष्ण हुमागाईले गरेका थिए । 

यसैबीच जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ÷नगरका पदाधिकारीहरुको संयुक्त भेलाले आगामी असार १५ गतेसम्म क्रियाशिल सदस्यता अध्यावधिक कार्यका लागि म्याद थप गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।