चारपाने । 

नेपाल दशनामी समाज बिर्तामोड नगर कार्य समितिको आयोजनामा भएको तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा गत जेठ २२ गतेदेखि सञ्चालन भएको उद्घोषण तालिम आज (आइतवार) सम्पन्न भएको हो । 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

तालिमको सहजीकरण नेपाल दशनामी समाज महिला समिति केन्द्रिय सचिव तथा मेटिभेशनल स्पीकर तारा गिरीले गरेकी थिइन् । दशनामी बन्धुहरुलाई उद्घोषण सम्बन्धी ज्ञान दिने उदेश्यले तालिमको आयोजना गरिएको समाजका नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए । 

talim 1

तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिम एकदमै फलदायक र उपलब्धीमुलक भएको बताउँदै यसलाई दैनिक जीवनमा ब्यहारमा उतार्ने बताएका छन् । प्रशिक्षार्थीका तर्फबाट पारसमणि मैनाली, अनुश्मा गिरी र सिता भारतीले यस प्रकारका तालिम आगामी दिनमा पनि गर्न आग्रह गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीले तालिम एकदमै उपलब्धीमुलक भएको भन्दै नगर समितिको प्रशंसा गरे । उनले तालिम लिएर मात्र नहुने र त्यसलाई ब्यहारमा उतार्न पनि सहभागीहरुलाई आग्रह गरे । 

तालिमकी प्रशिक्षक तारा गिरीले झापाको बिर्तामोड नगर समितिले उदारणीय तालिमको शुरुवात गरेको र त्यसको सहजीकरण गर्ने अवसर दिएको भन्दै खुलेरै नगर समितिको प्रशंसा गरिन् । 

स्वागत नगर समिति कोषाध्यक्ष बिदुर गिरीले गरेको समापन कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, झापा सचिव युवराज गिरी, रिद्धनाथी गिरी कुलवंश झापाका सचिव गणेश गिरीलगायतले तालिम आयोजना गरेर नगर समितिले उदारणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । समापन कार्यक्रमको सञ्चालन नगर समिति सचिव प्रजित पुरीले गरेका थिए । 

समापन कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी, समाजकी कोशी प्रदेश सदस्य सिता भारतीलगायतको पनि उपस्थिति रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।