झापा ।
झापाको दमक नगरपालिक–३ बेलडाँगी भुटानी शरणार्थी शिविरबाट लागूऔषधसहित दुई जना पक्राउ गरेका छन् । दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डि १ हट नं.१०१ घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले गएराति ८ः३० बजेको समयमा सोही स्थानका २९ बर्षिय किरण राईको घर कोठा भित्र शंकास्पद अवस्थामा बसिरहेको भारत बिहार राज्य पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ बर्षिय मनिषकुमार गुप्ता समेतलाई पक्राउ गरिएको छ ।
उनीहरुलाई फेला पारी कानुन बमोजिम तलासी लिदा उनीहरु मध्ये गुप्ताले लगाएको हलका कालो खैरो रङको पाईन्टको अगाडीको बाँया साइडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
प्लाष्टिक बाहेक ८ ग्राम खैरो हेरोइन फेला परेपछि दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।