झापा । 

 झापा गाउँपालिका–४ सुकुम्बासीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । गएराति ९ः१५ बजेको समयमा प्रहरी चौकी टाघनडुब्बाबाट  खटिएको प्रहरी गस्ती टोलीले उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–४ का २२ बर्षिय अनुरोध ताजपुरिया र सोही स्थानका १९ बर्षिय कुबेरकुमार ताजपुरिया छनु । 

भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा अनुरोध ताजपुरियाले लगाएको ट्रयाक सुटको दाहिने साईडको फेरमा लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो ।

उक्त पदार्थ प्लाष्टिक बाहेक ८०० मिलिग्राम रहेको र उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसंधान तथा  कारवाही भैरहेको ।  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।