सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा होम स्टे सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना  कनकाई नगरपालिकाको समन्वयमा आज (सोमबार) अभिमूखिकरण कार्यक्रम भएको हो । 

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छबिलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत तथा औचित्य माथि प्रकाश ग्रामीण पर्यटन अभियान्ता तथा मेचीनगर–४ का अध्यक्ष अर्जुन कार्कीले पारेको कार्यक्रमको सहजीकरण पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छबिलाल खतिवडा र सागर शिवाकोटीले गरेका थिए ।  

कार्यक्रममा कोच राजबंशी संग्रालय अध्यक्ष प्रेमराज राजबंशी, आदिवासी जनजाती महासंघ केन्द्रीय  सचिव मोहन राजबंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन  होमस्टे महासंघ कोशी प्रदेश सचिव मन्जिल देवानले गरेका थिए । अभिमूखिकरणमा ३५ जनाको सहभागीता रहेको थियो ।