झापा ।  

झापाको कचनकवल गाउँपालिका–६ बनियानी चोकबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन् । आज (शुक्रवार) बिहान १०ः४५ बजेको समयमा प्रहरीले ती ब्यक्तिलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको BR ३७ AE  ६४५१ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका–५ का २८ बर्षिय कासिम मियालाई पक्राउ गरेको छ । 

उनीमाथि शंका लागेर चेकजाँच  गर्दा मोटरसाईकलको टुल बक्स भित्र राखेर लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ४४ ग्राम ८२० मिलिग्राम फेला परेको थियो । 

उनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।