झापा ।
झापाबाट लागू औषधसहित मोरङका दम्पत्ती पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित मेचीपुलबाट बुधवार साँझ प्रहरीले उनदीलाई पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटि सफारिमा आउँगै गरेका मोरङको शनिश्वरे नगरपालिका–६ का ३० बर्षिय इश्वर भुजेल र उनकी श्रीमती ३८ बर्षिया शान्ति आङ्देम्बे (भुजेल) लाई पक्राउ गरेको हो ।
भुजेल दम्बत्तीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन प्लाष्टिक बाहेक २ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।