झापा । 

झापा गाउँपालिका–४ बालुबाडीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई आज (आइतवार) नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा झापाका कनकाई नगरपालिका–५ का ३५ बर्षिय चिरञ्जीवी भुजेल र सोही स्थानका ३८ बर्षिय सुरेश ऋषिदेव छन् । भारतबाट आउँदै गरेका उनीहरुलाई लाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक  बाहेक १ ग्राम ४५ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

भुजेलको साथबाट १८ हजार र ऋषिदेवको साथबाट ८८ हजार ३०० रुपैयाँ  नगदसहित बरामद गरी उक्त लागूऔषध सहित दुवै जनालाई नियन्त्रणमा लिएर  सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।