झापा ।
झापाको शिवसताक्षी नगरपालिका–११ बाट प्रतिबन्धित लागू औषधसहित दुई जना पक्राउ परेका छन् । बिहीवार दिउँसो १२ः४० बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
शिवसताक्षी–११ स्थित मिलनकुमार राईको घरमा दमक नगरपालिका–४ फुलबारी टोलका २६ बर्षिय सरुप राई र उनकी श्रीमती ३२ बर्षिया आरती मगरले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचानाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले सोही घरमा कानुन बमोजिम घर खानतलासी लिदा उनीहरुले घर भित्र रहेको टेबल माथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ५० मिलिग्राम फेला परेको थियो ।
राई दम्पत्तीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।