बिराटनगर ।
धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरेर नष्ट गर्दै आइरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार शुक्रवार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाएर नष्ट गरेको छ ।
यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।