बिर्तामोड ।
झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्टले पर्यटन र शान्तिको नारासहित आज (शुक्रवार) विश्व पर्यटन दिवसलाई लक्षित गरी ऎक्यबद्वता जनाएको छ। स्कुलले प्रत्येक सेप्टेम्बर २७ तारिखका दिन अन्तर्राष्ट्रिय दिवस मनाउने छ ।
नेपालको पर्यटन नै देश को मुख्य आर्थिक उपार्जनको एक श्रोत हुनेमा दुई मत नरहेको स्कुलले जनाएको छ । सेवा प्रदायक संघसंस्थाले पर्यटनलाई एक महत्त्वपूर्ण अवसरको रुपमा लिनु पर्न भएकालेसमेत होटेल मेनेजमेन्टका विद्यार्थीलाई आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले विविध कार्यक्रम गरेर पर्यटन दिवस मनाएको हो ।
आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा कार्यक्रम गरिएको हो। कार्यक्रममा ३५० बढी विद्यार्थीको सहभागीता रहेको कलेजका बजार तथा इभेन्ट कोडिनेटर दीपक दासले जानकारी दिए।
प्रतिक्रिया 0