बिर्तामोड । 

झापा बिर्तामोडको न्युटन्स एजुकेशन एकेडेमी देशभरका दुई क्लबमध्ये एकका रुपमा राष्ट्रिय पर्यटन सम्मेलनका लागि छनोट भएको छ । टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटले हरेक वर्ष आयोजना गर्ने सम्मेलनका लागि देशभर गठित राष्ट्रिय दिगो पर्यटन क्लबहरु मध्येबाट न्युटन्स छनोट भएको हो ।


संस्थाको वार्षिक क्यालेन्डरअनुसार विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका उत्कृष्ट दुई क्लबलाई सम्मान गर्ने परिपाटीबमोजिम न्युटन्स छनोट भएको संस्थाका अध्यक्ष मदनकुमार बरालले जानकारी दिए ।


न्युटन्स एजुकेसन एकेडेमीलाई सो अवसरमा बेस्ट टुरिजम क्लब अवार्ड २०२४ प्रदान गरिने विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए । देश भरका १ सय ३० वटा क्लब मध्ये उत्कृष्ट कार्य सम्पादन गर्दै वेस्ट टुरिजम क्लब अफ द हियर २०२४ मा बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी छनौट हुन सफल भएको हो ।