बिर्तामोड  । 

इलाका प्रहरी बिर्तामोड कार्यालयका थुनुवा हातकडी फुस्काएर फरार भएका छन् । उपचारका लागि अस्पताल लगिएका उनी फरार भएका हुन् । लागूऔषध मुद्दामा पक्राउ परेका दमक–३ भुटानी शरणार्थी सेक्टर जी थ्री बस्दै आएका र हाल नं.१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हातकडी फुस्काई फरार भएका हुन् । उनलाई उपचारको लागि 

मंगलबार दिउँसो ४ बजे पेट दुख्ने बिरामी भएर बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएका थुनुवा राई हातकडी फुस्काई फरार भएका छन् ।

थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ ।

फरार राई गत भदौ २ गते राति अन्दाजी ९ः३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।