सुरुङ्गा । 

पछिल्लो समय ब्यवसायका रुपमा ब्यक्तिगत पर्यटकीय स्थल सञ्चालनसँगै प्राकृतिक रुपमा स्थापना भएका पर्यटकीय स्थलहरुमा पर्यटकको आगमन घटेको छ । झापामा व्यवसायका लागि कृतिम रुपमा सञ्चालन भएका पर्यटकीय क्षेत्रमा मनोरञ्जनात्मक सामाग्री साथै धेरै पर्यटकीय स्थल भएकाले पनि प्राकृतिक रुपमा स्थापना भएका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरु घटेका हुन् । 

झापाको कनकाई नगरपालिका १ र २ स्थित जामुनवारी सामुदायिक बन उपभोक्ता समुह अर्थात जामुनखाडी सिमसार पर्यटकीय पर्यटकीय क्षेत्रमा पनि पछिल्लो केही बर्ष यता पर्यटक घटेको अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए । 

बनले दिएको पर्यटकको संख्या अनुसार आथिक बर्ष २०७८/०७९ मा ५० हजार २३१ जना र आर्थिक बर्ष २०७९/०८० मा ६४ हजार २०० छ । तर यस चालु आर्थिक बर्षमा भने अघिल्लो बर्षको तुलनामा पर्यटक कम हुने सम्भावना रहेको बन कार्यालयले जनाएको छ । 

केही बर्षअघिसम्म झापामा थोरै पर्यटकीय स्थलहरु भएको र प्राकृतिक रुपमा एकदमै मनमोहकको रुपमा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको थियो । 

jamunkhadi

तर, अहिले त्यस्तो नरहेको अध्यक्ष गिरीको भनाई छ । उनका अनुसार वडा, नगर, प्रदेश सरकार र संघीय सरकारमा पर्यटकीय क्षेत्रको बिकासका लागि  योजनासहितको प्रपोजल पेश गरिएको गिरीले बताए । यसअघि १७ बर्ष ३ महिना अध्यक्षको जिम्मेवारी सम्हालिसकेका गिरी पुनः करिब तीन महिना अघि अध्यक्षमा निर्वाचित भएका थिए ।  अध्यक्ष गिरीको अघिल्ला कार्यकालमा उक्त पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भीड हुने गरेको थियो । गिरी अध्यक्ष भएसँगै उक्त पर्यटकीय क्षेत्रको बिकास हुने स्थानीयहरुको विश्वास छ । 

अध्यक्ष गिरीले सुस्ताउँदै गएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रलाई आफ्नो  बलभुताले भ्याएसम्म विकास गर्ने योजना भएको बताएका छन् । 

पर्यटकीय क्षेत्रको विकाससँगै बन्यजन्तुको संरक्षण, सिमसार क्षेत्रको विकाससँगै उपभोक्ताहरुको आफु माथि धेरै आशा र अपेक्षा भएकाले उनीहरुको मनोभावना अनुसार सवैसँगको सहकार्य र सहयोग लिएर बन तथा त्यहाँ भएका बन्यजन्तुको संरक्षण गर्दै स्रोत र साधन अनुसार थप विकास गर्ने अध्यक्ष गिरीले बताएका छन् ।