झापा । 

झापाको बिर्तामोड–३ पञ्चकन्या टोलबाट दुई जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–३ पन्चकन्या टोलस्थित गणेश ढुङ्गानाको घरमा लागूऔषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा बुधवार (आज) उनीहरुलाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारको संयुक्त टोलीले  गणेश ढुङगानाको घरमा देश भारत रोए सरानी चम्पाडाँगी वेष्ट बंगाल बस्ने अन्दाजी २५ बषिैय सन्नी साह र  बिर्तामोडकी अन्दाजी २२ बर्षिया मनिसा राईलाई पक्राउ गरेको हो । 

संकाष्पद अवस्थामा कोठा भित्र फेला लागूऔषध ब्राउन सुगर प्लाष्टिकरहित ७ ग्राम ६० मिलिग्राम परेको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित नियन्त्रण गरिएका उनीहरुका साथमा रहेको नगद, बिभिन्न सामाग्रीसमेत प्रहरीले जफत गरेको छ । 

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।