मोरङ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र केराबारीले बित्तिय साक्षरता तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । केराबारी ८ मा रहेका आफना शेयर सदस्यलाई लक्षित गरि आमजुगी आधारभुत बिद्यालयको हलमा एकदिने बित्तिय साक्षरता तथा होली मिलन कार्यक्रम शनिवार सम्पन्न गरेको हो । 

शेयर सदस्य निर्मला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम तामाङको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ, बिद्यालयका प्रधानाध्यापक रेवतीप्रसाद मिश्र, जेओए परियोजनाका मोरङका संयोजक मिथुन चौधरी, सहारा नेपालका कृषि प्राबिधिक संजित यादब, सहारा नेपाल हेल्थ प्रोग्रामका चक्र कार्की लगायतको आतिथ्यता रहेको थियो । 

५८ जना शेयर सदस्यको उपस्थिति रहेको उक्त कार्यक्रममा सञ्चालन केराबारी सेवाकेन्द्रका निमित्त प्रमुख लालबहादुर जोगीले गरेको अनुगमन अधिकृत तामाङले जानकारी दिए ।  

स्वागत कर्मचारी सपना दाहालले गरेको कार्यक्रमको औचित्य एवम सहारा नेपालको ऐतिहासिक पृष्ठभुमिसहित बर्तमान अवस्था र भावि  योजना बारे अनुगमन अधिकृत महेश तामाङले स्पष्ट पारेका थिए । सहकारीमा बित्तिय साक्षरता बारे जेओए जिल्ला इन्चार्ज मिथुन चौधरीले तथा कृषि तथा पशुपालन र  पशु बिमा बारे प्राबिधिक संजित यादबले सहजिकरण गरेका थिए । 

सहारा हेल्थ युनिटका चक्र कार्कीले सहाराको जीवन बरदान कार्यक्रम बारे सहभागी शेयर सदस्यलाई प्रष्ट पारेको कार्यक्रममा कृषक सदस्यलाई तरकारीका बीउ बिजन  समेत बितरण गरिएको थियो । सोही कार्यक्रमकाबिच होली पर्वको अवसरमा शुभकामना आदान–प्रदानसँगै शेयर सदस्यहरुले  सामुहिक नृत्य गरेर मनोरञ्जन  गरेका थिए ।