इनरुवा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले श्रीमतीको मृत्युपछि ४ लाख २५ हजार रुपैयाँ ऋण परिवारलाई मिनाहा गरेको छ । 

सहारा नेपाल साकोस सुनसरीस्थित इनरुवा सेवा केन्द्रमार्फत शुक्रवार (आज) संस्थाको कर्जा सुरक्षण कोष अन्तरगत किरनकुमारी महत्तोको मृत्युपछि उक्त रकमबापतको चेक उनका श्रीमान फुलचन महत्तोलाई हस्तान्तरण गरिएको हो । गत असोज २८ गते किरनकुमारीको मृत्यु भएको थियो । 

समुह अध्यक्ष सुकुमारीदेबी महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अकलु महत्तोले उक्त रकम बराबरको चेक प्रदान गरेको सेवाकेन्द्र प्रमुख सुभास झाले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि अकलु महत्तो, बिशेष अतिथि तथा गाईघाट अनुगमन अधिकृत रतन तिम्सिना, सेवा केन्द्र प्रमुख सुभास झा, समुह अध्यक्ष सुकुमारीदेबी महत्तोलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी संजय प्रधानले गरेका थिए । कार्यक्रममा सेवा कर्मचारी राजेशकुमार शाहलगायतको उपस्थिति रहेको थियो ।